Menu

आजको मौसम

मुख्यमन्त्री राउतद्वारा सोनाम ल्होसारको शुभकामना

Author
Trilok Khabar |
February 12, 2021
Featured

जनकपुर, ३० माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोतर प्रगतिको कामनासमेत गर्नुभएको हो ।

मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वले सामाजिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्वले भातृत्वको सन्देश दिने उल्लेख गर्नुभएको छ । साथै उहाँले विश्वमै नेपाली एकतासमेत उजागर भएकाले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3