Menu

आजको मौसम

ओरिया खोलामा भारतीय पक्षबाट अवैध उत्खनन

Author
Trilok Khabar |
February 08, 2021
Featured

वीरगंज, २६ माघ । 
भारतीय पक्षले जगरनाथपुर गाउँँपालिका वडा नं १ पिपराडी बिसनपुर रहेको ओरिया खोलाबाट  अवैध बालुवा उत्खनन गरिरहेको छन् । 
दैनिक एक हजारभन्दा बढी भारतीय ट्याक्टर अबैधरूपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरूको आरोप छ। खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत रहेको छ।
विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका वारेमा दुर्ईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्ने क्रम नरोकिएको जगरनाथपुर गाउँँपालिकाका अध्यक्ष जालिम मियाँँ मन्सुरीले बताए।
विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरूपमा बालुवा निकाल्न थालेको छ।  केही दिनअघि दुर्ई ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए। वारी पर्साको पिपडाडी गाउँँ रहेको छ भने पारी भारतको भङ्गहा गाउँँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउँने गरेको छ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका वारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषीमाथि कारबाई गरिने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3