वीरगंज, १२ फागुन/
सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै आज नेकपा (प्रचण्ड–माधव) र जसपा पर्साले वीरगंजमा विजय जुलुस निकालेको छ ।
नगर परिक्रमापछि घण्टाघरमा आयोजित सभामा दुवै पार्टीका नेता–कार्यकर्ताहरुले एकापसमा मिठाइ खुवाएका थिए ।
छुट्टाछुट्टै निकालिएको विजय जुलुसले नगर परिक्रमापछि घण्टाघरमा आमसभा गरेको थियो । घण्टाघरमा आयोजित सभामा बोल्दै लक्ष्मणलाल कर्ण प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताए ।
सांसद प्रदीप यादव सर्वोच्चको निर्णय ऐतिहासिक भएको बताए । उनले अब संविधानको रक्ष्Fा गर्नुपर्ने बताए ।
सभामा रामनरेश यादव, प्रदेश सांसद करीमा बेगम, वीरगंज महानगरका प्रमुख विजय सरावगीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी नेकपा (प्रचण्ड–माधव)ले आयोजना गरेको विजय सभाम बोल्दै संविधानसभा सदस्य विचारी यादव, रामचन्द्र साहले ओली पतनको बाटोमा उन्मुख भएको बताए ।
कार्यक्रममा नेकपाका विजय महतो, किशोरी कुशवाहा, जालीम मियाँ, मनोज चौधरी, रामबाबू बैठालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्