Menu

आजको मौसम

१६० केजी गाजा बरामद

Author
Trilok Khabar |
January 28, 2022
Featured

१४ माघ २०७८, शुक्रबार महोत्तरी – 
सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।


सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3