Menu

आजको मौसम

छिपहरमाई र ठोरीमा अवैध मदिरा भट्टी नष्ट, १ सय लिटर तयारी मदिरा बरामद

Author
Trilok Khabar |
February 10, 2021
Featured

बीरगन्ज, २८ माघ ।  पर्साको छिपहरमाई र ठोरीमा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गर्नुका साथै १ सय लिटर तयारी मदिरा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय ठोरी र सिमा प्रहरी चौकी भिस्वा बन्जारीबाट खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वडा न. ४ बन्जारी र ठोरी गाउँपालिका वडा न. ५ सुवर्णपुरमा सञ्चालित मदिरा उत्पादन गर्ने ६ वटा भट्टी फुटाई नष्ट गरिएको हो ।

साथै घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १५ सय लिटर, तयारी मदिरा १ सय लिटर र रक्सी बनाउन प्रयोग हुने मेसिन १ थान, ड्रम १० थान र ९० थान भाँडा बर्तन समेत बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3