Menu

आजको मौसम

महिलाको धारिलो हतियारबाट हत्या

Author
Trilok Khabar |
February 08, 2021
Featured


वीरगंज, २६ माघ ।  
बाराको महागढीमाई नगरपालिका वडा न. १ मा ४८ वर्षीया महिलाको हत्या भएको छ ।
घरभित्रै ४८ वर्षीय महिला कान्तिदेवी कुशवाहको आइतवार राति गलामा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
आइतवार बेलुकी कुश्वाहाका श्रीमान खाना खाएर घर बाहिर निस्किएको खुलेको छ । केही बेरमा घर फर्किदा श्रीमतीलाई मृत अवस्थामा देखेको श्रीमानले प्रहरीसमक्ष बयान दिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
घटनाको वारेमा विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिश्रको भनाई छ । कुशवाह परिवारका तीन छोरा र एक छोरी अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3