Menu

आजको मौसम

सर्लाहीको मलंगवामा बीओपी स्थापना, शान्ति सुरक्षा कायम गर्न थप सहज हुने विश्वास

Author
Trilok Khabar |
March 03, 2021
सर्लाही, १९ फागुन । 
सर्लाहीको सदरमुकाम मलंगवामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । बुधवार (आज) विहान एक कार्यक्रमको आयोजना गरी उक्त बीओपीको शसस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले उदघाटन गरेका छन् ।
यहाँ बीओपी स्थापनासँगै मलंगवा नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११, १२ र कविलासी नगरपालिकाको वडा न ९ र १० मा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास लिइएको छ ।
यस बीओपीमार्पmत मझौला सीमा स्तम्भ नं. ३२४ र ८ देखि ठूलो सीमा स्तम्भ नं. ३२७ सम्म करीब ४.५ किलोमिटर सीमा इलाकाको सुरक्षा गर्ने बताइएको छ ।
बीओपी उदघाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरी १० नम्बर गणका गणपति गंगाराम श्रेष्ठ, मलंगवा नगरपालिका प्रमुख निरसल साह, उपप्रमुख शान्ति सवनम मिकानी, सर्लाही प्रहरी प्रमुख सन्तोष सिंह राठौर, सेना प्रमुख, अनुसन्धान प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार, विभिन्न दर्जाका सशस्त्र प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3