बीरगंज । पर्सामा अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत आज अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मी पर्साबाट खटी गएको टोलीले अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको छ ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर २७ घुर्मी गाउँस्थित सन्तोष यादवको घरमा अवैध रुपमा सञ्चालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्नुका साथै घरेलु मदिरा बनाउन प्रयोग हुने ५ सय लिटर कच्चा पदार्थ, एक थान मेसिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आज जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्