$type=ticker$count=12$cols=4$cate=0

neelambads

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी

२ चैत, वीरगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल वीरगञ्ज महानगर कमिटी लगायत उपभोक्ता हित संरक्षणमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाको आयोजनामा कार्यक्रम गरिएको थियो ।

'प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान' भन्ने नाराका साथ वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमापछि पुनः घण्टाघरमै आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सहभागीहरुले सामान खरिद गर्दा बिल लिने दिने गरौं, म्याद नाघेका सामान खरिद नगरौं, ठगिएको महसुस भएमा उजुरी गरौं, लेभल हेरेर मात्रै सामान खरिद गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

संविधानले उपभोक्ता अधिकारलाई मौलिक अधिकारको रुपमा समेटेको, उपभोक्ता हित संरक्षण ऐन २०७५ ल्याएको, तर व्यवहारमा उपभोक्ता अधिकार कुण्ठित रहेको अधिकारवादीहरुको भनाइ छ । समय–समयमा हुने बजार अनुगमनले मात्रै नपुग्ने उनीहरुको तर्क छ ।

उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश २ अध्यक्ष केसी लामिछानेले वस्तुको सही ढंगले व्यवस्थापन हुन नसक्दा बिक्री वितरणमा समस्या देखिएको बताए । त्यसका लागि निरन्तर बजार अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सीमित स्रोत र साधनका बाबजुद नियामक निकायले बजार अनुगमन गरिरहेको बताए । 
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,651,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी
Trilok Khabar
https://www.trilokkhabar.com/2021/03/blog-post_15.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/03/blog-post_15.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy