Menu

आजको मौसम

सार्वजनिक बाटोमा आवागमन सुचारु गर्न माग

Author
Trilok Khabar |
March 22, 2021
Featured

वीरगंज, ९ चैत । 
वीरगंज महानगरपालिका वडा नं. ९ वडावासीले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिंदै सार्वजनिक बाटो सुचारु गराउनुपर्ने माग गरेका छन् । 
वडा नं. ९ का स्थानीयले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई निवेदन दिंदै वीमनपा–९ नेपाल यातायात संस्थानको जग्गा हाल वीमनपाको भोगमा रहेको जग्गा (कम्पाउन्ड) भई गणेश मन्दिर, रानीघाट हु"दै पूर्व मेनरोड तीस वर्षदेखि आवागमन गर्दै आएकोमा हाल सो कम्पाउन्डमा पर्खाल निर्माण गरी टोलवासीहरुको आवागमनमा अवरोध भएको भन्दै सो बाटो सुचारु गराउन माग गरेका छन् । 
वडावासीले वडाध्यक्षमार्फत मौखिक आग्रह गर्दागर्दै पनि  सुनवाई नभएकोले प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई समस्या समाधान गर्न माग गरेका छन् । 
सार्वजनिक बाटोको आवागमन सुचारु गराउन पटकपटक नगरप्रमुख विजय सरावगीले बैठक बोलाएर आफू पन्छिने गरेको स्थानीयवासिन्दाले बताए । तीन दिन पहिले बैठकमा बाटोको बारेमा छलफल भई रातो गणेश मन्दिरदेखि रातो बंगला हुंदै मेनरोड निस्किने बाटो पनि बन्द गर्नुपर्छ भन्दै नगरप्रमुख सरावगीले कडा आदेश दिएर गएका थिए । 
दुई वर्ष पहिला दुर्गापूजाको बेला आगो लाग्दा वारुणयन्त्र जाने बाटो नभएर धेरै क्षति भएको थियो । यसबारेमा सांसद प्रदीप यादवले पनि बाटोको निकास गराउने आश्वासन दिएको स्थानीयले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3