Menu

आजको मौसम

रोहित शर्मा हत्या प्रकरण : रौतहटको चन्द्रपुरबाट पान पसले साह पक्राउ

Author
Trilok Khabar |
March 09, 2021
Featured

 
बारा, २५ फागुन । बाराको निजगढमा एक युवकको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ ।

निजगढ नगरपालिका ९ घर भएका १९ वर्षीय रोहित शर्माको सोमबार राति उनकै घरमा घाँटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० बर्षका अरुण कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मृतक शर्माको हत्या गरेर उनको घरबाट साह मंगलबार बिहान साढे चार बजेको समयमा मोटर साइकलमा निस्केको सीसीटीभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर पुगेको थियो ।

हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यलय बाराका डीएसपी गौतम मिश्रसहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले लतपतिएको कपडा र मोटरसाइकल सहित साहलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकलको आधारमा अभियुक्त पक्राउ गरेको हो । हत्या भएको घरबाट निस्केको व्यक्ति ना १३ प ७२१२ नम्बरको मोटरसाइकल चढेर भागेको थाहा पाएपछि प्रहरीले सवारी धनीको खोजी सुरु गरेको थियो ।

ठाउँठाउँमा भएका सीसीटीभीका फुटेजहरुको मद्दतले मद्दत घटना भएको ४ घण्टाभित्रै घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गर्न सफल भएको प्रवक्ता मिश्रले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले 'तालिम प्राप्त कुकुर झिकाएकाको भएपनि कुकुर आइपुग्नु अघि नै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएकोे बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3