Menu

आजको मौसम

प्रेस चौतारीबाट महासंघ पर्साको अध्यक्षमा तिवारीको नाम घोषणा

Author
Trilok Khabar |
March 21, 2021
Featured

 वीरगंज, ७ चैत ।
प्रेस चौतारी नेपाल पर्साले पनि नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । चैत २५ गते हुने निर्वाचनको लागि चौतारीले महासंघ पर्साको अध्यक्षमा अनुप तिवारीलाई उम्मेदवार बनाउने घोषण गरेको हो।
चौतारीले अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेपनि अन्य पदका उम्मेदवारहरूको वारेमा भने कुनै आधिकारिक जानकारी गराएको छैन ।  शनिवार अध्यक्ष पदको उम्मेदवारको नाम मात्र घोषणा गरिएकोमा अन्य उम्मेदवारहरूको पनि चाँडै घोषणा गरिने प्रेस चौतारी पर्साका सचिव संजीव मिश्रले जानकारी दिए । 
प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको रोयल पार्टी प्यालेस वीरगंजमा भएको चौतारीको भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समितिका सदस्य  के.सी. लामिछानेले  अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेका थिए । 
यस अघि नै प्रेस संगठन पर्सा र प्रेस युनियन पर्साले महासंघ पर्सको अध्यक्ष पदको उम्मेदवार घोषण गरिसकेको छ । प्रेस संगठनले महासंघ पर्साको अध्यक्षमा राघव साह र युनियनले महासंघ पर्साको अध्यक्षमा रित्रेश त्रिपाठीको नाम अगाडी सारेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3