Menu

आजको मौसम

१७ वर्षीय किशोरीलाई करणी गरेर गर्भ बोकाएको आरोपमा पक्राउ

Author
Trilok Khabar |
March 15, 2021
Featured

बीरगन्ज,२ चैत । किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक-पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3