Menu

आजको मौसम

प्रदेश नं. २ प्रदेश प्रमुख द्वारा राष्ट्रिय अनुसन्धान केन्द्रलाई सहयोग

Author
Trilok Khabar |
April 01, 2021
Featured

वीरगंज, १९ चैत । 
प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छ ।
डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब सहयोग गरेका हो ।
प्रदेश प्रमुख डा. अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गर्नुका साथै छलफल समेत गरेका छ ।
उहाँले महावीर पुनलाई प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिनुभयो ।
उपाध्यायको पहलमा प्रदेश प्रमुख डा. अहिराजले सो सहयोग गरेका हो ।
आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यक रहेको बताउनुभयो ।
पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा. अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन दिनुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3