Menu

आजको मौसम

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

Author
Trilok Khabar |
March 10, 2021
Featured

२६ फागुन, वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

मंगलबार वीरगञ्ज-६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचना प्रहरीमा आएको थियो । प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद गरेको छ ।

पक्राउ परेका कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ट्रेडर्सका सञ्चालक हाल फरार रहेकाले खोजी भइरहेको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3