स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रजिअ यादवबाट अन्यायपूर्ण निर्णय भयो : पीडित

SHARE:


अनिल यादव/रौतहट । सामान्य मुद्दाको सिलसिलामा पक्राउ परेका व्यक्तिलाई रौतहट जिल्ला प्रशासन कार्यालयले असामान्य धरौटी माग्न थालेको छ । कानुनविपरीत तवरले अस्वाभाविक धरौटी लिन थालेपछि अर्धन्यायिक निकायको कामकारबाहीमै प्रश्नचिन्ह खडा भएको छ ।

गत सातामात्रै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अस्वाभाविक धरौटी लिने आदेश गरेपछि त्यसको कानुन तथा न्याय क्षेत्रमा चर्काे आलोचना भइरहेको छ । अर्धन्यायिक निकायका प्रमुखबाट भएको त्यस्तो अस्वाभाविक निर्णयले स्थानीय वासिन्दा पीडितसमेत बनेका छन् ।

रौतहटकै दुर्गा भगवती गाउँपालिकास्थित बागमती नदीको बगरमा जुवा खेलिरहेको अवस्थामा गत फागुन ११ गते १३ युवा पक्राउ परेका थिए । प्रहरीले त्यहाँ रहेका युवाको खल्ती र जुवा खाल खानतलासी गर्दा पाँच लाख १६ हजार रुपैयाँ बरामद गरेको थियो । केही युवाको खल्तीबाट रकम बरामद भए पनि केहीको खल्तीबाट केही पनि बरामद भएन । कोहीभने त्यही बाटो भएर आवतजावत गर्ने क्रममा जुवामै संलग्न रहेको आशंका गरी प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका गजेन्द्र महतो कोइरीको साथबाट ९६ हजार, युवराज अधिकारीबाट २१ हजार चारसय, राजकिशोर महतोबाट ५३ हजार, रामवचन राउतबाट १२ हजार एकसय, महेश यादवबाट एक हजार पाँचसय, मोबारक मियाँ शेखबाट ६५ हजार १६५, मौजेलाल साहबाट आठ हजार छसय, भाग्यनारायण यादवबाट एक हजार दुईसय, रामप्रवेश यादवबाट १४ हजार चारसय, देवनारायण ठाकुरबाट दुई हजार, नन्दलाल रायबाट दुई हजार, लक्ष्मी सहनीबाट १५ हजार रुपैया बरामद भएको थियो भने अशोक साहबाट रकम बरामद भएको थिएन् । अशोकबाट लाभा कम्पनीको सानो मोबाइल मात्र बरामद भएको थियो ।

जुवा खेल्ने खेलाउने कार्यलाई मुलुकी फौजदारी संहिताले दण्डनीय मानेपछि त्यस्तो गैरकानुनी कार्यमा संलग्न युवालाई प्रहरीले पक्राउ गर्नु स्वाभाविक नै थियो । तर पक्राउ परेका व्यक्तिको अनुहार हेरी हेरी धरौटी लिने कार्य प्रजिअ यादवले गरेपछि त्यसको आलोचना भइरहेको छ । कानुनले जुवा खेल्ने खेलाउन कार्यमा संलग्न व्यक्तिलाई पहिलोपटकका लागि तीन महिना कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ । अधिकतम ३० हजार रुपैयाँ जरिवाना तोकिएकोमा जुवासम्बन्धी मुद्दामा प्रजिअ यादवले पाँचलाख रुपैयासम्म धरौटी लिएका छन् ।

'यो त हदै भयो, यति धेरै धरौटी लिनै मिल्दैन', अधिवक्ता रामदरेश प्रसादले भने–ठहर भएछ भने पनि अधिकतम ३० हजार रुपैयाँ जरिवाना हुने हो, यति सामान्य विषयमा यति धेरै धरौटी लिने गरिएको छैन, अदालतमा यो विषय तत्काल उल्टिन्छ ।' अधिकतम धरौटी लिए पनि जरिवाना रकम बराबर धरौटी लिनुपर्नेमा ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिने कार्य गैरकानुनी भएको उनले बताए ।

प्रजिअ यादवले आरोपी १३ जनामध्ये तीन जनालाई ५०÷५० हजार, नौ जनालाई एक एक लाख र एक जनालाई पाँच लाख रुपैयाँ धरौटी लिएका छन् । अझ रोचक कुरा के छ भने जसको खल्ती वा साथबाट रकम बरामद भएको छ त्यसलाई ५० हजार वा एक लाख धरौटी लिइएको छ तर जसको खल्ती वा साथबाट एक रुपैयाँ पनि बरामद भएको छैन, बाटो हिड्दा पक्राउ परे ती व्यक्तिसँग पाँच लाख रुपैयाँ धरौटी लिइएको छ ।

पक्राउ परेकामध्ये मौजेलाल साह, भाग्यनारायण यादव र देवनारायण ठाकुरसँग जनही ५० हजार, गजेन्द्र, रामवचन, रामकिशोर, मोबारक, युवराज, नन्दलाल, महेश, रामप्रवेश र लक्ष्मीसँग जनही एक लाख रुपैया धरौटी लिइएको छ । यस्तै केही पनि बरामद भएको अशोकसँग पाँच लाख रुपैयाँ धरौटी लिइएको छ । माछा किन्न बागमती नदीमा गएकै बेला प्रहरीले धरपकड गरिरहेको र जुवामा संलगन रहेको आशंकामा आफूलाई पक्राउ गरेको भन्दै अशोक साहले अनाहकमा आफूमाथि अन्याय भएको बताए । 'लाभा कम्पनीको सानो बटनवाला मोबाइलबाहेक केही बरामद भएको छैन, तथापि मलाई थुन्ने र अत्यधिक पाँच लाख रुपैयाँ धरौटी लिने आदेश भयो, यो अन्याय हो', उनले भने–'साँझ अँध्यारो हुन थालेपछि आदेश आयो, थुन्ने नै भएपछि ऋण लिएर धरौटी बुझाएँ, न्यायका लागि सम्बद्ध निकायमा जान्छु ।'

यस विषयमा प्रजिय यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन तर जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले पनि धरौटी आदेशप्रति आश्चर्य व्यक्त गरेका छन् । जसको साथबाट सानो मोबाइलबाहेक केही बरामद भएको छैन, त्यस व्यक्तिलाई पाँच लाख रुपैयाँ धरौटी लिनु अस्वाभाविक छ, किन यति धेरै धरौटी लिने आदेश भयो कार्यालय नै आश्चर्यचकित छ, ती कर्मचारीले भने । ओहोदामा बसेको व्यक्तिले यसरी अस्वाभाविक र पूर्वाग्रही भएर निर्णय गर्दा सम्बद्ध निकायप्रति अविश्वास उत्पन्न हुने गर्छ । प्रजिअ यादवको यो कार्यशैलीप्रति अहिले रौतहटवासी आक्रोशित भइ माथिल्लो निकायमा उजुरी गर्ने तयारी गरेका छन् । पीडित एक व्यक्तिले भने–'प्रमाण कागजातका आधारमा निर्णय गर्नुपर्ने व्यक्तिले व्यक्तिगत महत्वाकांक्षा र लहडका भरमा निर्णय गर्न थालेपछि अराजकता उत्पन्न हुन्छ, यो आदेशविरुद्ध माथिल्लो निकायमा जाने नै हो, अन्य पनि विषयहरु छन् ती सबैलाई समेटेर उजुरी गर्ने तयारी गरेको छु ।'

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रजिअ यादवबाट अन्यायपूर्ण निर्णय भयो : पीडित
प्रजिअ यादवबाट अन्यायपूर्ण निर्णय भयो : पीडित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj6rQYqv3d-6wlESJYl26TbvtCRsUOoojAT8JVwbqsQ9DXAySqqJNdRc-BlhgbxjCmwxwqIY32Yn2cawoSbsVer73c7KPCsFX_efnMU3rjTERYQUMjhU1tuYIPUNim3lIHHVpWYdy8DX14G/s320/indradev-yadav-aa-738369.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj6rQYqv3d-6wlESJYl26TbvtCRsUOoojAT8JVwbqsQ9DXAySqqJNdRc-BlhgbxjCmwxwqIY32Yn2cawoSbsVer73c7KPCsFX_efnMU3rjTERYQUMjhU1tuYIPUNim3lIHHVpWYdy8DX14G/s72-c/indradev-yadav-aa-738369.png
Trilok Khabar
https://www.trilokkhabar.com/2021/03/blog-post_6.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/03/blog-post_6.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content