Menu

आजको मौसम

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

Author
Trilok Khabar |
March 04, 2021
Featured

वीरगञ्ज, २० फाल्गुन । चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
बिहिवार एक कार्यक्रमका बिच गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिबमा सूर्यनारायण वि.क., सहसचिबमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरूमा क्रमश सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादब र एञ्जल चौधरी रहेका छन् ।
चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिब समिर बलामीले वीरगञ्जमा नेपाली चलचित्रको बजार अन्य क्षेत्रको भन्दा कम भएको हुँदा यस समितिले चलचित्रको बजार बढाउन सघाउने विश्वास व्यक्त गरे । देशकै आर्थीक एवम् व्यापारिक हबको रूपमा परिचित वीरगञ्जमा चलचित्रका सम्भावनाहरू भएपनि राज्यको नजरबाट उपेक्षामा परेको बताउँदै यहाँका कलाप्रतिभा तथा संस्कृतिको प्रवद्र्धन एवम् संरक्षण गर्न संघले भुमिका खेल्नुपर्नेमा जोड दिए । चलचित्र पत्रकारको इतिहासदेखि वर्तमान अवस्थाको वारेमा प्रकाश पार्दै महासचिब बलामीले संघको सक्रियताले गर्दा चलचित्रकर्मीहरूको नजर वीरगञ्जमा पर्ने अवस्थाको सृजना गर्न कार्यसमितिका पदाधिकारीलाई अपिल गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता एवम् होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरी पन्त, ब्रोडकास्टिंग एशोसियसन नेपाल प्रदेश न. २ का संयोजक आरसी यादब, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का संयोजक निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सञ्चारकर्मी नवराज फुयालले स्वागत मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3