वीरगंज,२३ फागुन । प्रदेश नं. २ को भौतिक पूर्वधार विकास मन्त्रालय भौतिक पूर्वधार विकास कार्यक्रम कार्यालय पर्साको सहयोगमा निर्माण हुने लक्ष्मनवा –भिस्वा सडक क्षेत्र अन्तर्गत पर्ने इदगाह–वाइपास–इनर्वा हुदै बाराको बलिरामपुर जाने सडक खण्डको एक कार्यक्रमका बिच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी शिलान्यास गर्नु भएको छ ।
प्रदेश २ को एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तगत निर्माण हुने ८ सय मिटर कालोपत्रे सडक खण्डको आइतवार विहान मुख्यमन्त्री राउतले उदघाटन गरेका हुन् ।
सडकको ७९ लाख २० हजार १ सय ४३ रुपियाँमा निर्माण सम्पन्न गर्ने संतोष–ताज जे.भी वीरगंजले ठेक्का सकार गरेको छ । सडकलाई २०७८ असाढ मंसान्त भित्र निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले सकार गरेको छ ।
यसै बिच आजै मुख्यमन्त्री राउतले वीरगंज महानगरपालिकाको वडा नं. १६ नगवामा रहेको गणीनाथ गोविन्दको मन्दिरमा मुख्यमन्त्री संसदीय विकास कोषबाट २५ लाखको लागतमा निर्माण हुने धर्मशालाको शिलान्यास गर्नु भएको छ ।
त्यसै गरी वीरगंज १६ इनर्वा गाउँँमा सामाजिक विकास मन्त्रालयको सहयोगमा २० लाखको लागत निर्माण हुने धर्मशालको पनि मुख्यमन्त्री लालबाबु राउत गद्दी एवम् वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले संयुक्त रूपमा पुजापाठ गरी शिलान्यास गर्नु भएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम,सिहासन कलवार,जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव,सचिव तवरेज अहमद,अभिताभ बच्चनदास,रमेश यादव,मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव लगातको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्