रौतहट, २५ फागुन । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले खेलकुदले खेल र खेलाडीको विकासमा मात्र नभएर असल नागरिक निर्माण गरेर राष्ट्रलाई ठुलो योगदान पु¥याउने बताउनुभएको छ ।
बाल निकेतन मावि चन्द्रपुर – ६ को आयोजनामा रौतहटको चन्द्रपुरमा आजदेखी सुरु 'तेस्रो बाल निकेतन कप–२०७७" फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिआइजी सिंहले खेलकुदले कानुनको पालना गर्ने नागरिकहरुको विकास गर्दै सभ्य र असल समाज निर्माणमा मद्धत गर्नेमा जोड दिनुभयो ।
दोस्रो विश्वयुद्ध पछिको विभिन्न राष्ट्रहरु बीचको संवादहिनतालाई खेलकुदले चिरेको प्रसंग उल्लेख गर्दै खेल र खेलाडीले भाइचारा विकास गर्दै सबैलाई जोड्न सक्ने बताउनुभयो । उहाँले खेलमा लागेका व्यक्तिहरु दुव्र्यसनीमा लाग्ने सम्भावना निकै कम हुने भएकाले अभिभावकहरुलाई आफ्ना सन्तानलाई खेलकुदमा लाग्न प्रेरित गर्नुपर्नेमा जोडदिनुभयो ।
'प्रदेश नम्बर २ मा लागु औषध दुप्र्यसनीको समस्या ठुलो छ , युवा उमेरमा मानिसहरु बहिकन सक्छन् ' उहाँले भन्नुभयो ' त्यसैले अभिभावकले आफ्नो छोराछोरीलाई पढाइसँगसँगै खेलकुदमा लाग्न प्रेरित गर्नुपर्छ । त्यसका लागि अभिभावकले समय निकाल्न सक्नुपर्छ ।'
खेलको माध्यमद्धारा हामीले कल्पना गरेको नागरिक विकास हुनसक्ने हुनाले अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले खेलकुदकै माध्यमद्धारा राष्ट्र सुसंस्कारयोग्य, सुसँस्कृत, सभ्य बनाउन आजको आवश्यकता भएको भन्दै सबै मिलेर खेलकुदको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
साथी शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, पुर्व उर्जा राज्यमन्त्री सत्यनारायण भगत, अखिल नेपाल फुटबल संघ प्रदेश नम्बर २ का अध्यक्ष नेपाल कार्की, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लार्मी , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम साह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
विद्यालय तहदेखिनै राम्रा खेलाडी उत्पादन गर्ने र नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्धेश्यले आयोजना गरिएको सो प्रतियोगिता फागुन २९ गतेसम्म संचालन हुने र बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका ८ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको आयोजक बाल निकेतन माविका कार्यकारी निर्देशक दिपक कुमार रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्