काठमाडौं, १९ चैत ।
कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख रुपिया"" सहित समातिएका अंकित अग्रवालको रकम अवैध भएको र अनुसन्धानमा सुन किन्न रकम ल्याएको देखिएको छ ।
कारमा १ करोड ४७ लाख रुपिया"" बोकेर हिड्ने अंकित कुमार अग्रवालको रकम अवैधानिक ठहर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले रकम अवैधानिक ठहर भएको हो।
कपिलवस्तुका संगम चौधरीले काठमाडौं ल्याउ"दै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बर को कारलाई रोकी चेक गर्ने क्रममा रकम फेला परेको थियो। गत पुसमा प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढु·ा चेक प्वाइनटबाट भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता भनिने अंकित अग्रवाल र कपिलबस्तु बा"डग"गा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारू समातिएका थिए।
कारभित्र रहेका तीनवटा कालो रंगका झोलामा १ करोड ४७ लाख रुपिया"" भेटिएको थियो। सबै नोट १ हजारका थिए। कुनै नया" त कुनै पुराना नोटका बन्डल। गुप्ताको शरीर खानतलासी गर्दा थप ८६ हजार रुपिया"" पनि भेटियो थियो।
कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख ! सामान्य देखिने अमितस"ग कहा"बाट आयो यत्रो धन?
विभागले गरेको अनुसन्धानमा उनले कारमा ल्याएको रकम भारतीय नागरिक अंकित कुमार अग्रवालले अवैध सुन खरिद गर्नका लागि ल्याएको खुल्न आएको हो।
अग्रवालले सचिन टेवडेवाल भन्ने सचिन कुमार अग्रवालवाट प्राप्त गरी नुर महोमद भन्ने नुरूद्धीन अन्सारीलाई दिई सुन लिनका लागि सव रकम ल्याएका थिए। यी व्यक्तिहरूले सुन तस्करीको अवैध कारोवारमा संलग्न रही सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएको विभागले जनाएको छ।
यी व्यक्तिहरू विरूद्ध विभागले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यस्तै विभागले २ करोड ९२ लाख रूपैंया समेत माग दाबी गरेको छ। यी व्यक्ति विरूद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरी·) निवारण ऐन, २०६४ अनुसार कारबाई प्रक्रिया बढ्नेछ।
प्रतिक्रिया लेख्नुहोस्