Menu

आजको मौसम

३० करोड राजस्व छलि गरेको आरोपमा २ फर्म विरुद्ध मुद्दा दायर

Author
Trilok Khabar |
April 15, 2021
Featured

बैशाख २, २०७८
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा न्यू राहुल मोवाइल सेन्टर सहित २ वटा फर्म विरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ  ।  उनीहरुबाट  ३० करोड  २८  लाख २ हजार ५ सय ७९ रुपैया बिगो असुल गरी उक्त फर्महरुका कारोवार संचालक र प्रोप्राइटर तथा बैक खाता संचालकहरुलाई जरिवाना र कैद मागदाबी  गरिएको छ । 

चैत २५ र २६ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज र उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता  गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 
मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ५ बस्ने न्यू राहुल मोवाइल सेन्टरका  प्रोपाइटर काजल केशरीबाट  १२  करोड ३५ लाख २५  हजार २२ रुपैयाँ  बिगो असुल गरी जरिवाना र कैद मागदाबी सहित यही २६ गते उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दर्ता गरिएको हो । 
मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरी र गैर विजक (लुज विल) जारी गरी कानुन विपरित छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको  देखिएको  विभागले भनेको छ । 
यता झुट्टा तथा नक्कली मुअकर विजक प्रयोग गरी राजस्व छली गर्ने विरगंज महानगरपालिका वडा नं. १२  रानीघाटका ब्याहुत ट्रेडर्स विरगंजका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५ सय ५१ रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी सहित चैत २५ गते  उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिएको  हो । 
ब्याहुत ट्रेडर्स वीरगन्जका प्रोप्राइटर अनिल कुमार कलवारले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक इन्टरनेशनलसँग खरीद गरी उक्त मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरी कानुन विपरित छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोवार गरेको भन्ने गलत र झुठा विवरण पेश गरी मू.अ.कर मा दर्ता समेत नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको आरोप छ  । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3