वीरगञ्ज, असोज १०// श्री जानकी राजेश आधारभूत विद्यालयमा करारमा कार्यरत प्रधानाध्यापक रामदिनेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विद्यालयमा विगत साढे पाँच महिनाअघि सरुवा भएर आएका स्थायी शिक्षकहरूलाई नियतवश हाजिर नगराएको आरोपमा प्रधानाध्यापक पण्डितलाई ईलाका प्रहरी कार्यालय पोखरीयाले नियन्त्रणमा लिएको हो।
सरुवा भएर आएका शिक्षकहरूलाई विद्यालयमा हाजिर गराउन उच्च अदालतबाट आदेशसमेत जारी भएको बताइएको छ। तर उक्त आदेशको समेत पालना नगरेको आरोप प्रधानाध्यापक पण्डितमाथि लागेको छ।
अदालतको आदेश कार्यान्वयन नगरेको तथा शिक्षकहरूलाई विद्यालयमा हाजिर हुनबाट रोक लगाएको विषयमा परेको उजुरी तथा प्राप्त प्रमाणका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
