वीरगंज, २५ चैत ।
१ हजार ४५ लिटर डिजेलसहित पर्साको ग्रामीण नाकाबाट इन्धन तस्करी गर्ने १० जना तस्करलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नेपालबाट भारत तर्फ इन्धन तस्करी हुने गरेको सूचनास"गै परिचालित पर्सा प्रहरीले ग्रामीण क्षेत्रका विभिन्न पेट्रोल पम्पहरूको मिलेमतोमा भारततर्फ अवैध रूपमा डिजेल लैजा"दै गर्दा १० जनालाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको टोलीले धोबिनी गाउ""पालिका वडा नम्बर ५ लंगडी स्थित इस्लाम आयल स्टोरबाट तस्करहरूले भारत तर्फ डिजेल लगिरहेको अवस्थामा ८० लिटर डिजेल नियन्त्रणमा लिइएको पर्सा प्रहरीले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
त्यसै गरी इलाका प्रहरी कार्यालय पोखरीया पर्साले जगरनाथपुर गाउ""पालिका वडा नम्बर २ जानकीटोलाबाट १६० लिटर डिजेल भारततर्फ तस्करी गरी लैजा"दै गरेको अवस्था बरामद गरेको छ भने पर्साको जगरनाथपुर गाउ""पालिका वडा नम्बर २ स्थित विशमिल्लाह आयल स्टोरको मिलेमतोमा ना.२१ प १८९६, विआर २२ डि ४९५७, विआर २२ एम ३२५, विआर २२ एन ७६७९, विआर २२ एफ ६४१८, विआर २२ जेड ८०९८ नम्बरको मोटर साइकलहरूमा ५०५ लिटर डिजेल लोड गरी अवैध रूपमा दसौता हु"दै भारत तर्फ लैजा"दै गरेको अवस्थामा ६ वटा मोटर साइकल र ७ जना मानिसहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी वीरगंज महानगरपालिका वडा नं.१९ बर्वा स्थित तिवारी आयल स्टोरको मिलेमतोमा पेट्रोलियम पदार्थ तस्करी गर्ने ३ जना भारतीय नागरिक सहित ३ थान साइकल र २ सय ८० लिटर डिजेल र २० लिटर पेट्रोल बरामद गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।
पर्सा जिल्लाको सीमावर्ती क्षेत्रहरूमा पेट्रोलियम पदार्थको अवैध तस्करीमा संलग्न देखिएका इस्लाम आयल स्टोर, बिसमिल्लाह आयल स्टोर र तिवारी आयल स्टोर समेतलाई आवश्यक कारबाई गर्ने सम्बन्धमा नेपाल आयल निगम प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय अमलेखगञ्जलाई लिखित रूपमा पत्र पठाइएको र इन्धनको तस्करीमा संलग्न भारत विहार जि.मोतिहारी पूर्वी चम्पारण भेलाही वडा नं.१४ निवासी मनोज गुप्ता, ईदरिश मिया"", प्रिन्स साह, पर्सा जिल्ला जगरनाथपुर गाउ""पालिका वडा नम्बर २ निवासी सागिर आलम, रामचन्द्र राम, रवि कुमार साह, मुनी साह तेली, जालिम गद्दी, राजकुमार प्रसाद कुर्मी, आश महम्मद राउतलाई तेल तस्करी सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप कारबाई अगाडि बढाइएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।
बरामद गरिएको तेल, मोटरसाइकल थप कारबाईका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको कार्कीले बताउनुभयो ।
नेपालमा भन्दा भारतमा पेट्रोल प्रति लिटर ३० रुपिया"" ४७ पैसा सस्तो र डिजेल प्रति लिटर ३६ रुपिया"" ६३ पैसा सस्तो पर्ने भएपछि सिमानाकाबाट अहिले व्यापक रूपमा इन्धनको तस्करी भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्