Menu

आजको मौसम

मास्क नलाउनेलाई बारा प्रहरीद्वारा कारबाई शुरू

Author
Trilok Khabar |
April 26, 2021
Featured

बारा, १३ वैशाख । 
कोरोना संक्रमण बढेसँगै सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले आइतवारदेखि कारबाई शुरू गरेको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा हिड्नेलाई नियन्त्रणमा लिनुका साथै १ सय रुपियाँँ जरिवाना गरिएको हो । आइतवार र सोमवारसम्ममा मास्क नलगाई हिड्ने ९ सय ६९ जनालाई कारबाई गरेको बारा प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरूलाई माक्स अनिवार्य लगाउँन प्रहरीहले अनुरोध समेत गरेको छ। माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाई गर्ने गरी परिपत्र गरेअनुसार कारबाई थालिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द पौडेलले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बाराले बैशाख १० गते माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3