Menu

आजको मौसम

दुई बालकको हत्या गरेको आरोपमा एकजना पक्राउ

Author
Trilok Khabar |
May 18, 2021
Featured

वीरगंज, ४ जेठ । 
कलैयामा दुई बालकको हत्या प्रकरणमा एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार स्थानीय २८ वर्षका युवकलाई पक्राउ गरिएको बताए । अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको पहिचान भने अहिले खुलाउन नसकिने मिश्रले बताए।
मंगलवार बिहान कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी जफार अन्सारीका ९ वर्षका छोरा उस्मान अन्सारी र ७ वर्षका छोरा अमिन अन्सारीको शव हत्या गरी फालिएको अवस्थामा फेलापरेको थियो।
सोमवार साँझ खेल्न भनेर घरबाट निस्किएका दुबै जना बालक रातिदेखि नै बेपता भएका थिए। धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा वडा नम्बर ७ कै मदर्साको निर्माणाधिन भवनमा दुबै जना बालकको शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट आएको तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनास्थलमा गएर अनुसन्धान गरेको थियो।
अनुसन्धानको क्रममा सोही स्थानका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको प्रकृति हेर्दा हत्या नै गरिएकोले दुबैजना बालकको कसले र किन हत्या गरयो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता मिश्रको भनाइ छ।
हत्या गरिएका बालक समान्य परिवारको रहेकाले धन सम्पतिभन्दा पनि व्यक्तिगत रिसइबीले कसैले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीको आशंका छ। दुबै बालकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा पठाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3