Menu

आजको मौसम

विभिन्न ठाउंबाट संकलित अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण

Author
Trilok Khabar |
May 16, 2021
Featured

रौतहट, २ जेठ ।
रौतहट प्रहरीले जिल्लास्थित विभिन्न अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरीले विभिन्न क्षेत्रबाट सड्ढलन गरेको अक्सिजन सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरेको हो ।
प्रहरीले सहयोगमा प्राप्त गरेको ७.६ किलो तौल भएको ५० वटा अक्सिजनसहितको २९ थान सिलिन्डर र एउटा खाली गरी जम्मा ३० थान सिलिन्डर गौर अस्पताललाई दिएको एसपी सिद्धिविक्रम शाहले बताए । बा"की २० थान खाली सिलिन्डर चन्द्रपुर नगरपालिका–२ स्थित सहीद स्मृति पार्कको अस्थायी कोभिड अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए ।
कोरोनाभाइरसको संक्रमण भई उपचारार्थ विभिन्न अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन सिलिन्डर अपुग हुन नदिन जिल्लाका उद्योग तथा पसलहरूबाट सहयोग मागेर ल्याइएको ती सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । शनिवार सा"झसम्म रौतहटमा कोरोना संक्रमितको कुल संख्या ६७६ पुगेको छ भने जिल्लामा संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3