स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगंजमा चारजना संक्रमितको मृत्यु, ९५ जना संक्रमित

SHARE:

वीरगंज, ४ जेठ । 
मंगलवार वीरगंजमा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ९५ जना संक्रमित थपिएका छन् । 
वीरगंजस्थित नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका २ जना, वीरगंज हेल्थ केयर र भवानी अस्पतालमा १र१ जना मृत्यु भएको छ ।
नारायणी अस्पतालमा बाराको प्रसौनी गाउँँपालिका वडा नम्बर २ निवासी ४१ वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ । स्वास्थ्य मा समस्या भएर वैशाख २० गते भर्ना भएका पुरूषमा त्यही दिन एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको र निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भएर आज बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
यस्तै रौतहट राजपुर नगरपालिका वडा नम्बर वडा नम्बर १ बहुअर्वा निवासी ६० वर्षीय पुरूषको उपचारको क्रममा आज मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर वैशाख २८ गते भर्ना भएका पुरूषमा सोही दिन एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको र उपचारको क्रममा आज मृत्यु भएको डा. दासले बताउनुभयो ।
यस्तै वीरगंज हेल्थकेयरमा आज बिहान वीरगंज महानगरपालिका वडा न १५ निवासी ५८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २६ गते अस्पताल भर्ना भएका उनको सोही दिन एन्टिजेन रिपोर्ट पोजेटिभ आएको र आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
यसैबिच वीरगंजको भवानी अस्पतालमा उपचारको क्रममा आज बिहान वीरगंज महानगरपालिका वडा न १५ निवासी ५२ बर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको श्रीवास्तवले बताउनुभयो ।
यसैगरी नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा थप ९५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । 
२ सय ८८ जनाको पीसीआर परीक्षणको क्रममा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ६७ जना पुरूष र २८ जना महिला रहेका छन् । संक्रमित मध्ये ५८ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २१ जना, रौतहटका ९ जना, सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १४ वर्ष देखि ८३ वर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ९ देखि ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।
विगत ३ दिन देखि वीरगंजमा कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ । विगतमा संकलित स्वाब परीक्षणको क्रममा ६० देखि ८० प्रतिशत सम्म संक्रमित देखिने गरेकोमा हाल संकलित स्वाब परीक्षणको क्रममा ३० देखि ४० प्रतिशत सम्म सङ्क्रमणको दर देखिएको छ । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगंजमा चारजना संक्रमितको मृत्यु, ९५ जना संक्रमित
वीरगंजमा चारजना संक्रमितको मृत्यु, ९५ जना संक्रमित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhY7cmW2uA-Z8NVuiC0wKoESbtwq5wQ7hFWWYS4lSTdWYZN3dzcfhFAEzcfRg6RhwyGO3eMaeJu8EPFUY8vxgTwO2t_mlMQJsUDeOufkMj8SIqF6dAPljaeqgJfuynHWir04Fx-OhEX4-Yq/s320/jagat+rai-776851.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhY7cmW2uA-Z8NVuiC0wKoESbtwq5wQ7hFWWYS4lSTdWYZN3dzcfhFAEzcfRg6RhwyGO3eMaeJu8EPFUY8vxgTwO2t_mlMQJsUDeOufkMj8SIqF6dAPljaeqgJfuynHWir04Fx-OhEX4-Yq/s72-c/jagat+rai-776851.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/05/blog-post_26.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/05/blog-post_26.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content