Menu

आजको मौसम

इन्सपेक्टरले घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप निराधार

Author
Trilok Khabar |
May 30, 2021
Featured

बारा १६ जेठ । इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डक बाराका प्रहरी निरीक्षक विन्देश्वर यादवले घुस लिएर चोरीका अभियुक्त छाडेको भनिएको आरोपलाई खण्डन गरेका छन । यस अनलाईन संग कुरा गर्दै प्रहरी निरीक्षक यादवले विभिन्न सञ्चार माध्यमहरुमा बारा इप्रका प्रसौनीका इन्सपेक्टरले घुस लिएर चोरीका अभियुक्तलाई छाडिएको शिर्शकमा आएको समाचारहरुमा कुनै सत्यता नरहेको ठोकुवा गरेका छन । निराधार समाचार प्रकाशन गरेर मेरो चरित्र हत्या गर्ने प्रयास बाहेक अरु केही नभएको उनले बताए । घटना विवरण अनुसार प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा गएको चैत्र १४ गते चोरी भएको थियो। चोरीमा संलग्न रहेको आशंकामा ४ जनालाई गत जेठ १० गते पक्राउ गरेका थियौ प्रहरी निरीक्षक यादवले भने। तर पक्राउ परेका व्यक्तीहरु माथी अनुशनधान गर्दै जादा चोरी गरेको प्रमाणित नभएको अवस्थामा भोली पल्ट ११ गते बुद्ध जयन्ती भएको कारण जेठको १२ गते तारेखमा राखेर छाडिएको उनले बताए । आरोप नै पुष्टि नभएको अवस्थामा निर्दोषलाई चोरी गरेको आरोपमा फसाउन नियम संगत नदेखिएकोले दैनिक रुपमा तारिखमा राखेर छाडिएको प्रहरी निरीक्षक यादवले बताए । पक्राउ पर्ने चारै जना उक्त उद्योगका मजदुर र टयाक्टर चालक हुन । दैनिक काम गरेर आफनो परिवार पाल्ने व्यक्तीहरु संग इन्सपेक्टरले लाखौ रुपैया लिएर छाडेको कुरा कतिको सत्य होला यहाँ आफैले मुल्यांकन गर्न सक्नु हुन्छ उनले भने । उद्योगबाट कच्चा पदार्थ चोरी भएको विषयमा गम्भीरता पुर्वक अनुशनधान गरिरहेको प्रहरी निरीक्षक यादवले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3