बारा १६ जेठ । इलाका प्रहरी कार्यालय प्रसौनी नौतन गण्डक बाराका प्रहरी निरीक्षक विन्देश्वर यादवले घुस लिएर चोरीका अभियुक्त छाडेको भनिएको आरोपलाई खण्डन गरेका छन । यस अनलाईन संग कुरा गर्दै प्रहरी निरीक्षक यादवले विभिन्न सञ्चार माध्यमहरुमा बारा इप्रका प्रसौनीका इन्सपेक्टरले घुस लिएर चोरीका अभियुक्तलाई छाडिएको शिर्शकमा आएको समाचारहरुमा कुनै सत्यता नरहेको ठोकुवा गरेका छन । निराधार समाचार प्रकाशन गरेर मेरो चरित्र हत्या गर्ने प्रयास बाहेक अरु केही नभएको उनले बताए । घटना विवरण अनुसार प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा गएको चैत्र १४ गते चोरी भएको थियो। चोरीमा संलग्न रहेको आशंकामा ४ जनालाई गत जेठ १० गते पक्राउ गरेका थियौ प्रहरी निरीक्षक यादवले भने। तर पक्राउ परेका व्यक्तीहरु माथी अनुशनधान गर्दै जादा चोरी गरेको प्रमाणित नभएको अवस्थामा भोली पल्ट ११ गते बुद्ध जयन्ती भएको कारण जेठको १२ गते तारेखमा राखेर छाडिएको उनले बताए । आरोप नै पुष्टि नभएको अवस्थामा निर्दोषलाई चोरी गरेको आरोपमा फसाउन नियम संगत नदेखिएकोले दैनिक रुपमा तारिखमा राखेर छाडिएको प्रहरी निरीक्षक यादवले बताए । पक्राउ पर्ने चारै जना उक्त उद्योगका मजदुर र टयाक्टर चालक हुन । दैनिक काम गरेर आफनो परिवार पाल्ने व्यक्तीहरु संग इन्सपेक्टरले लाखौ रुपैया लिएर छाडेको कुरा कतिको सत्य होला यहाँ आफैले मुल्यांकन गर्न सक्नु हुन्छ उनले भने । उद्योगबाट कच्चा पदार्थ चोरी भएको विषयमा गम्भीरता पुर्वक अनुशनधान गरिरहेको प्रहरी निरीक्षक यादवले बताए ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
राजविराज । अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेका छन्...
-
काठमाडौँ, १६ माघ : ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको ...
-
४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट अनलाइन सिस्टम मार्फत कर तथा अन्य दस्तुर भुक्तानी गर्न सकिने गरी व्यवस्था मिल...
/fa-clock-o/ लोकप्रिय$type=list
-
भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ। अाइसिपि र सुख्खा बन्दरगा...


प्रतिक्रिया लेख्नुहोस्