Menu

आजको मौसम

वीरगंजमा ७ जना कोरोना संक्रमितको मृत्यु

Author
Trilok Khabar |
May 17, 2021
Featured

वीरगंज, ३ जेठ ।
वीरगंजका विभिन्न अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
वीरगंजको नारायणी अस्पतालमा उपचाररत वीरगंज निवासी ४५ वर्षका कोरोना संक्रमित पुरूषको सोमवार बिहान ६ बजेर ५ मिनेटमा मृत्यु भएको छ।
सोही अस्पतालमा बाराका ४६ वर्षीय पुरूषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
बाराको गडहल निवासी ५० वर्षकी महिलाको कोरोना संक्रमणका कारण सोमवार बिहान १ बजेर ५० मिनेटमा ज्यान गएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशनले जानकारी दिए।
त्यस्तै, वीरगंज महानगरपालिका ८ गहवा टोल निवासी ५२ वर्षका कोरोना संक्रमित पुरूषको बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको डा.दासले बताए।
यसैगरी, वीरगंजको राधेमाई टोल बस्ने ५२ वर्षका पुरूषको कोरोना संक्रमणका कारण नारायणी अस्पतालमा बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको छ।
यस्तै, वीरगंज हेल्थ केयर अस्पतालमा वीरगंज महानगरपालिका–१० बस्ने ६५ वर्षका पुरूषको कोरोना संक्रमणका कारण बिहान पौने १२ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
यसैगरी, वीरगंजको भवानी अस्पतालमा कोरोना संक्रमित भई उपचार गराइरहेका पर्साको कालिकामाई गाउ""पालिकाका ४८ वर्षका संक्रमित पुरूषको पनि बिहान ७ बजेर ५ मिनेटमा ज्यान गएको श्रीवास्तवले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3