Menu

आजको मौसम

२ करोड रुपैयाँ लगानीमा महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

Author
Trilok Khabar |
May 16, 2021
Featured

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले अटोमेटिक अक्सिजन प्लान्ट र अक्सिजन सप्लाई गर्ने पाइपलाइन स्थापना गर्ने भएको छ।

कोरोना महामारीलाई ध्यानमा राख्दै संक्रमितको उपचारमा चाहिने अत्यावश्यक अक्सिजन प्लान्ट महानगरले स्थापना गर्न लागेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए।

उनले आइतबार आफ्नो फेसबुकमार्फत २ करोड रुपैयाँ लगानीमा महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने जानकारी दिएका छन्।

महानगरले विभिन्न दातृ निकायको सहयोग र आफ्नो लगानीमा अटोमेटिक अक्सिजन प्लान्टका साथै अक्सिजन सप्लाई गर्ने पाइपलाइन जडान गर्न लागेको मेयर सरावगीले बताए।

साथै, ३ सय केभिएको ट्रन्सफर्मर, २० केभिएको युपीएस पनि जtडान गरिने उनले बताए।

'वीरगन्ज महानगरपालिकाले विभिन्न दातृनिकायहरूको सहयोग र आफ्नो लगानीमा अटोमेटिक अक्सिजन प्लान्टका साथै अक्सिजन सप्लाइ गर्ने पाइप जडान गर्न लागेको छ,' मेयर सरावगीले लेखेका छन्, 'यो सबै कार्य गर्नमा लगभग दुई करोडको लागत लागिरहेको छ, यस पुण्य काममा सहयोग गर्न सम्पूर्ण उद्योगपति, संघसंस्था र सर्वसाधारणमा हार्दिक अपिल गर्दछु।'

अहिलेको कोरोना महामारीमा संक्रमित भएर अस्पताल भर्ना भएका ५० प्रतिशत बिरामीलाई हाइफ्लो अक्सिजनको आवश्यकता परिरहेकोले महानगरले अटोमेटिक अक्सिजन प्लान्ट स्थापना गर्ने सोच बनाएको मेयर सरावगीको भनाइ छ।

वीरगन्जको नारायणी अस्पतालमा पर्सा, बारा रौतहट, सर्लाहीसम्मका बिरामीले सेवा लिइरहेकाले उनीहरूका लागि अक्सिजन पाउन सहज होस् भनेर अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको उनले जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3