Menu

आजको मौसम

सर्लाहीमा घर भत्किंदा तीन जना घाइते

Author
Trilok Khabar |
July 01, 2021


 १७ असार, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् ।

मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना रहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
घाइतेहरूको स्थानीयस्तरमै उपचार भइरहेको छ ।

घर भत्किएपछि खाद्यान्न, लत्ताकपडामा पनि क्षति पुगेको छ भने विस्थापित परिवार आफन्तको बसेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3