वीरगंज, ४ साउन ।
पर्सा जिल्लाको पकाहामैनपुर गाउँँपालिका–१ का अध्यक्ष अमेरिका सहनी, सदस्य बलिस्टर सहनी र रामआदेश सहनी ब्राउन सुगर सहित पक्राउ परेका छन ।
आइतवार राति दुईवटा मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहनीलाई आवश्यक कारबाईको लागि पोखरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीका अनुसार मोटरसाइकलको फिल्टरबाट ७९ ग्राम ब्राउनसुगर बरामद भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्