स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता

SHARE:

वीरगञ्ज, आषाढ १८ 
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र का.स.स.हरु बीच आज एक समारोहका बीच वीउवासङ्घकै सभाकक्षमा भेटघाट एवम् अन्तरक्रिया भएको छ ।

वीउवासङ्घका का.वा. अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्याइरहेको योगदानका बारे चर्चा गर्दै कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले हाम्रा साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याउनु भयो ।

यसैगरी जनकपुर उवासङ्घका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो उ.वा.सङ्घको रुपमा परिचित वीउवासङ्घले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पुर्याउँदै आएको योगदान सराह्नीय रहेको धारणा राख्नुभयो । उहाँले अध्ययन अवलोकन भ्रमणको उद्देश्य विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरुमा सहकार्य गर्न सकिन्छ त्यस्ता मुद्दाहरुको पहिचान गर्न समेत मद्दत पुग्ने बताउनुभयो । उहाँले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको  
बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । साथै उवासङ्घहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

वीउवासङ्घका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वीउवासङ्घ र जनकपुर उवासङ्घका पदाधिकारी, का.स.स.हरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता
साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5vLg4f_sj-J9RfFrjBIr-fsc6ZyFtm-IwwUjNC_xaD4uRVSiR-Q_Sx6DLZfPkt1-MLs5pUhtBL2VqFxbzkEQBvJrel9f5r5yI71eXFJHBqm_B0IMAGvIRAp9DfyUk3VgfTYiVdgmyR__S/s320/Untitled-1-766206.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5vLg4f_sj-J9RfFrjBIr-fsc6ZyFtm-IwwUjNC_xaD4uRVSiR-Q_Sx6DLZfPkt1-MLs5pUhtBL2VqFxbzkEQBvJrel9f5r5yI71eXFJHBqm_B0IMAGvIRAp9DfyUk3VgfTYiVdgmyR__S/s72-c/Untitled-1-766206.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/07/blog-post_2.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/07/blog-post_2.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content