वीरगंज, ६ साउन ।
५ किलो चांदीको गहनासहित एकजना सुन व्यवसायीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
भारत, रक्सौलबाट अवैधरुपमा चांदीको गहना ल्याइरहेका ४३ वर्षीय अंगत साहलाई चेकजांच गर्दा उनले बोकेको कालो रंगको ब्यागमा ५ केजी ३३४ ग्राम चांदीका तयारी गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाको टोलीले बुधवार विहान करिब साढे ८ बजेको समयमा सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगंजतर्पm आइरहेका साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साह हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका साहले गहनासहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्