Menu

आजको मौसम

५ किलो चाँदीका गहना सहित एक पक्राउ

Author
Trilok Khabar |
July 21, 2021
Featured


वीरगंज, ६ साउन । 
५ किलो चांदीको गहनासहित एकजना सुन व्यवसायीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । 
भारत, रक्सौलबाट अवैधरुपमा चांदीको गहना ल्याइरहेका ४३ वर्षीय अंगत साहलाई चेकजांच गर्दा उनले बोकेको कालो रंगको ब्यागमा ५ केजी ३३४ ग्राम चांदीका तयारी गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाको टोलीले बुधवार विहान करिब साढे ८ बजेको समयमा सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगंजतर्पm आइरहेका साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साह हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका साहले गहनासहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3