Menu

आजको मौसम

चट्याङ्ग पर्दा पर्सामा तीन जना घाइते

Author
Trilok Khabar |
July 03, 2021
Featured

बीरगन्ज,१९ असार  । पर्साको सखुवा प्रसौनी गाउँपालिका फेरी चट्याङ्ग परेको छ । शनिवार बिहान हावाहुरी सहित आएको बर्षाको क्रममा चट्याङ्ग खस्दा सखुवा प्रसौनी गाउँपालिका वडा ४ देउरबानाका तीन जना महिला घाइते भएको हो ।

घाईते हुनेहरुमा गिता देवी,मैना देवी र रम्भा देवी रहेका छन् । घाइतेहरुको अवस्था समान्य रहेको तथा उनीहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार पछि घर पठाइएको हाम्रा सहकर्मीले जनाएका छन् । खेतमा रोपाई गरी रहेका महिलाहरु चट्याङ्ग खस्दा अचेत भएका तथा तर्सेर ढलेका थिए ।

महिलाहरु बिहान खेतमा रोपाई गरी रहेको वेला नजिकै चट्याङ्ग खसेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई छ । यस अघि पनि सखुवा प्रसौनी गाउँपालिकामा असार १५ गते चट्याङ्ग खस्दा तीन जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3