२९ असार, काठमाडौं । नागरिक एपको आईओएस भर्सनमा पनि सवारी साधनको
जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ ।
नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले
नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन् ।
यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको
थियो । आईओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो
सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा
अन्य जानकारी हेर्न सकिने भएको छ । यस विवरण यसअघि नै एन्ड्रोइड फोनका
प्रयोगकर्तालाई उपलब्ध गराइएको थियो ।
नागरिक एपको नयाँ अपडेटमा देखिने 'सवारी कर' अन्तर्गत उक्त सुविधा उपलब्ध
हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । पहिलो चरणमा वागमती
प्रदेशका यातायात व्यवस्था÷सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका
सवारीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाइएको छ ।
तत्काल नागरिक एपमा आफ्नो सवारी साधनको विवरण तथा बाँकी रहेको कर विवरण र
भुक्तानी गरेको राजश्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । साउन १
गतेदेखि भने नागरिक एपबाटै सवारी साधनको राजश्व भुक्तानी र नवीकरण समेत
गर्न सकिनेछ । 'सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा'
भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक
एप गत वैशाख १९ गते फुल भर्सनमा सार्वजनिक गरिएको थियो ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी
एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा
ल्याइएको थियो । पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य
बीमा कार्यक्रम समेत थपिएका छन् ।
एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न
सकिन्छ । शुरुवाती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहादानी
विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नागरिकको डिजिटल परिचय
स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो
चरणमा अर्धसरकारी सेवा समेटिने छन् ।

प्रतिक्रिया लेख्नुहोस्