वीरगंज २२ असार ।
लोकतन्त्रका महानायक तथा नेपालका पुर्व प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले तीन दिने कार्यक्रमको आज समापन गरेको छ ।
फाउण्डेशन पर्साले स्व कोईरालाको नाममा तीन दिने र्कायक्रमको तालिका अनुसार आज अन्तिम दिन दुई जना पत्रकारलाई जनही २५००० को दरले रकम दिई सम्मानित गरेको हो ।
फाउण्डेशन पर्साले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट बिबिसी नेपाली सेवाकी पर्सा संवाददाता एवम् सामुदायीक रेडियो नारायणी एफ एमकी समाचार प्रमुख माधुरी महतो र ग्यालेक्सी फोर के टेलिभिजनका पर्सा संवाददाता इरफान अली नगद र सम्मानपत्रबाट सम्मानित भएका हुन ।
फाउन्डेसनको आयोजनामा
आज नेपाल पत्रकार महासँघ पर्सा शाखाको सभाहलमा एक कार्यक्रम बीच बिरगंज महानगरपालिकाका उपप्रमुख शान्ती कार्कीले महतो र अलिलाई नगद सहित सम्मानपत्रले सम्मानित गरेकी थिइन् । जनही २५÷२५ हजार नगद र प्रमाणपत्र तथा दोसल्लाबाट सम्मानित हुने पत्रकारद्वयले सम्मानले थप हौसला प्राप्त भएको बताउँदै अँझै कलम र आम नागरिकका सवालप्रति जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।
आज नेपाल पत्रकार महासँघ पर्सा शाखाको सभाहलमा एक कार्यक्रम बीच बिरगंज महानगरपालिकाका उपप्रमुख शान्ती कार्कीले महतो र अलिलाई नगद सहित सम्मानपत्रले सम्मानित गरेकी थिइन् । जनही २५÷२५ हजार नगद र प्रमाणपत्र तथा दोसल्लाबाट सम्मानित हुने पत्रकारद्वयले सम्मानले थप हौसला प्राप्त भएको बताउँदै अँझै कलम र आम नागरिकका सवालप्रति जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिनको अध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि नेपाली काग्रेसका तराई मधेश समन्वय विभागका केन्द्रिय सचिव राम नारायण प्रसाद कुर्मीै,दिना गुप्ता,श्याम कुमार पोख्रेल,ध्रुव नेपाल , प्रकास उपाध्याय, नेपाल पत्रकार महासँघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रदेश नं. २ का महासचिव श्याम बन्जरा, पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, नेपाली काग्रेसका क्षेत्रिय सभापति विजय सर्राफ,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी,तरुण दलका नेता हुकुम सिहं सञ्चार कर्मी लगायत फाउन्डेसनका पदाधिकारीहरु र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्