Menu

आजको मौसम

पर्सा राष्ट्रिय निकुञ्जबाट बाटो बिराएको जङ्गली हात्ती भारत पस्यो

Author
Trilok Khabar |
July 04, 2021
Featured

वीरगंज । पर्सा राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर बिच्किएको जङ्गली हात्ती बाराको कलैया हुँदै रौतहटबाट भारत तर्फ लागेको छ । 

जङ्गली हात्ती गए राति गौर हुँदै अहिले भारत विहारको जुडियाही गाउँमा पुगेको समाचार प्राप्त भएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीले शुक्रवार कलैयामा एक जनाको ज्यान लिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जबाट बारा हुँदै रौतहटको फतुवा विजयपुर, कटहरिया, उचिडिह, शिवनगर, मिठुअवामा आतङ्क मच्चाउँदै जङ्गली हात्ती गए राति रौतहटको सदरमुकाम गौरमा देखा परेको थियो । 

जङ्गली हात्तीलाई गौरमा  गए राति पर्सा राष्ट्रिय निकुञ्ज तथा वन सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिन खोजे पनि नियन्त्रणमा ल्याउन नसकेपछि सो हात्ती गौरबाट बेलविछवा हुँदै सीमावर्ती भारतको विहार तर्फ गएको स्थानीयवासीले जनाएका छन् ।

भारत विहारको पूर्वी चम्पारण बैरगनियाका सञ्चारकर्मी राज कपुरका अनुसार बैरगनिया भन्दा ७ किलोमिटर टाढा रहेको जुडियाहिं गाउँ स्थित एउटा बगैँचामा आज दिउँसो जङ्गली हात्ती देखा परेको छ । 

यता रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हात्तीलाई पर्सा राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय रौतहट तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिने कार्य भइरहेको जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3