स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिडर रोड’

SHARE:

काठमाडौँ, १० साउन (रासस) :


हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको समृद्धिके आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक –फिडर रोड) ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा 'फिडर रोड' निर्माण कतिपय  सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।   

पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै सहायक सडकका रुपमा रहेका १० मध्ये नौ सडक पूरा भइसकेका आयोजनाले जनाएको छ । एउटा सडक बाँकी रहेकामा दुई प्याकेजमा काम भइरहेको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । दुई प्याकेजमध्ये पनि एउटा पूरा भएको छ भने एउटा बाँकी छ । केही समय पहिले मात्रै भारतीय दूतावासले सम्पन्न सडक सरकारलाई हस्तान्तरण गरेको थियो । उहाँले भन्नुभयो, "बाँकी सडक पनि ठेक्का भइसकेको छ ।"               

फिडर सडक तराई–मधेशमा आवतजावत र ढुवानीमा कोशेढुङ्गा बन्दै गएको आयोजनाका प्रमुख बिसुरालले बताउनुभयो । तराईका कुनै पनि भाग नछुट्ने गरी बलियो सञ्जाल बनाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "हुलाकी राजमार्गले पूर्वी तराईले पश्चिमसँग जोड्छ भने उत्तर दक्षिणले सिङ्गो तराईलाई जोडेको छ ।"

आयोजनाअन्तर्गत उत्तर–दक्षिण सडकमध्ये मोरङमा कानेपोखरी–रङ्बेनी २५ किमी र सप्तरीमा कल्याणपुर–बसाइन २२ किमी पूरा भइसकेको छ । धनुषामा वीरेन्द्रबजार–यदुकुवा–महिनाथपुर २५ किमी लम्बाइको सडक सम्पन्न भइसकेको छ । धनुषाको १७ किमी लम्बाइको जनकपुर–यदुकुवा सडक सम्पन्न भएको छ । महोत्तरीको २७ किमीको जलेश्वर–हर्दी सडक र झण्डै २५ किमीको माइथान–गौशाला बजार–सम्सी सडक सम्पन्न भएको आयोजनाले जनाएको छ । दाङको ३३ किमी लम्बाइको लमही–कोइलाबास सडक सम्पन्न भइसकेको छ । 

बाराको तामागढी–सिमरौनगढ सडक ४० किमी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाराकै ३३ किमी लम्बाइको मानमत–कलैया–मटिअर्वा सडक निर्माण सम्पन्न भइसकेको छैन । भारतीय सहयोगमा पहिले नै निर्माण गर्ने भनिएको सडक विभिन्न समस्याका कारण अहिले भर्खरै ठेक्का भएको छ ।  पहिले कलैया बजारमा स्थानीयवासीले घर हटाउन नदिएकाले सडक निर्माण हुननसकेको प्रमुख बिसुरालले बताउनुभयो ।

 भारतीय सहयोगमा निर्माण भएको स्थानमा मुआब्जा दिइएको भए पनि कतिपय स्थानीयवासीले मुआब्जासमेत लिन मानेका थिएनन् । उहाँले भन्नुभयो, "उनीहरुले गर्न चाहेको समयमा घर हटाउन नसकेपछि अहिले भारत सरकारले त्यो भागमा काम नगर्न चाहेको छ ।"

कलैया बजारमा झण्डै चार किमी लम्बाइमा सडक निर्माण अवरुद्ध रहेको आयोजनाले जनाएको छ । आयोजनाले  कोसिस गर्दा अदालतमा मुद्दा भएकाले निर्माण अवरुद्ध भएको थियो । अहिले सरकारले लगानी गर्ने गरी ठेक्का सम्झौताका लागि सूचना निकालिएको प्रमुख बिसुरालले बताउनुभयो ।

 कलैया बजार चार लेनमा निर्माण गर्न लागिएको छ । त्यस क्षेत्रमा निर्माणस्थलमा रहेका बिजुली, खानेपानी, टेलिफोनलगायतका पूर्वाधार सबै हटाइएको छ । उहाँले भन्नुभयो, "निर्माणस्थल खाली भइसकेकाले अब निर्माण अघि बढाउन सकिने देखिएको छ ।" 

पर्सामा ६० किमी लम्बाइको वीरगञ्ज–ठोरी सडक पाँच किमी कालोपत्र हुन नसकेको आयोजनाले जनाएको छ । सडक अहिले ग्राभेलसम्म भएकाले स्थानीयवासीलाई आवतजावतमा सजिलो भएको छ । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण सो खण्डमा निर्माण हुन नसकेको प्रमुख बिसुरालले बताउनुभयो । जम्मा ६० किमी सडक एउटा २५ र अर्काे ३० गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको थियो । पच्चीस किमीको प्याकेज सम्पन्न भइसकेको छ भने ३० किमीमा निर्माण बाँकी छ । उहाँले भन्नुभयो, "सडक आगामी दशैँसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।" 

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रुपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५÷६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो मोडालिटिमा काम गर्न नसकिएको उहाँले बताउनुभयो ।

 भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३÷७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो । उहाँले भन्नुभयो, "त्यसपछि मात्रै फिडर रोडले गति पाएको थियो ।" त्यस बेलादेखि नै १० सडकमा ३०५ किमी पुल भारत सरकारले र बाँकी नेपाल सरकारले बनाउने सम्झौता भएको थियो । फिडर सडकमा नै ३७ पुल रहेका छन् । भारतीय पक्षले निर्माण गर्ने ३०५ किमी पुलमध्ये सबै उत्तर–दक्षिण सडकमा पर्छ भने वीरगञ्ज–ठोरी सडक हुलाकी राजमार्गकै पूर्व–पश्चिममा पर्छ । 

'फिडर सडक' ८८१ किमी लम्बाई रहेकामा २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने प्रमुख बिसुरालले बताउनुभयो । भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ । झण्डै ६०० किमी सडक निर्माणाधीन रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "त्योमध्ये पनि झण्डै एक सय किमी ठेक्का लाग्न बाँकी छ ।" 

सरकारले आव २०७३÷७४ देखि निर्माणको जिम्मेवारी लिएकामा त्यसपछि फिडर सडक पहिचान गरेर ठेक्का हुँदै काम अघि बढाइएको छ । राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९÷८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर–दक्षिण सडक निर्माणको क्रममा रहेका छन् । अहिलेसम्मको निर्माणको अवस्था हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । आयोजनाको नियन्त्रण बाहिरको अवस्थामा मात्रै निर्धारित समयभन्दा ढिला हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, "कोभिडका कारणले गर्दा तोकिएको अवधिमा नहुन सक्ला तर हामीले गर्ने काम गरिरहेका छौँ ।" हुलाकी राजमार्गलाई तराई–मधेसको समृद्धिसँग जोडेर शुरु गरिएको हो । मधेशमा देशभरको झण्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको ब्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ । 

पूर्व–पश्चिम राजमार्गबाट शुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुगाउन निर्माण गरिएको छ । राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ । राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि तराई–मधेश पूर्ण रुपमा सुगम हुने प्रमुख बिसुरालले बताउनुभयो । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको 'फिडर सडक' बाहेक अरु निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुने उहाँले बताउनुभयो । 

हुलाकी राजमार्गजस्तै 'फिडर सडक' पनि डबल लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो । 

देशभरका निर्माणाधीन धेरै राष्ट्रिय राजमार्ग जस्तै सो आयोजनामा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या रहेको छ । उत्तर–दक्षिणमा फिडर सडक १५÷१५ मिटरमा चौडा गर्ने लक्ष्य लिइएको प्रमुख बिसुरालले बताउनुभयो । उहाँका अनुसार भारतीय सहयोगमा निर्माण भएका स्थानमा मुआब्जा वितरण भए पनि सरकारले निर्माण गरेका ठाउँमा स्वतस्फुत छाड्न लगाइएको छ । जग्गामा मुआब्जा नदिने हुँदा धेरै ठाउँमा जग्गाको समस्या भएको उहाँले बताउनुभयो ।

 उहाँले भन्नुभयो, "जस्तोसुकै समस्या भए पनि स्थानीयस्तरमा समन्वय गरेर दुई लेन कायम गरिएको छ ।" फिडर सडक दुई लेनमा निर्माण गर्ने भनिए पनि आवश्यकताअनुसार कतिपय स्थानमा चार लेनसम्म निर्माण भइरहेको आयोजनाले जनाएको छ । ठूला बजारमा चार लेनमा सडक निर्माण गरिएको प्रमुख बिसुरालले बताउनुभयो । पहिले दुई लेन रहेको विराटनगर–रङ्गेली चार लेनमा विस्तार गरिएको छ । 

मोरङमै सुनसरीसम्मको सडक पनि चार लेनमा निर्माण गर्न लागिएको छ । उहाँले भन्नुभयो, "त्यहाँका चार किमी सडक बनाउन भर्खर ठेक्का गरिएको छ ।" कपिलवस्तुमा तौलिहवा पश्चिमतर्फको सडक पनि चार लेनमा निर्माण अघि बढाइएको छ । निर्माण शुरु गर्दा सानो बजार भए पनि बजार र बस्ती विकास हुने देखिएकाले यहाँ निर्माण अघि बढाइएको हो । 
–––

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिडर रोड’
तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिडर रोड’
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDpKxZtcmnyeCaOv6yqWtas7E0-kWBmbzylqRsHaB592jVmnTjLP4b67dnx4er2qBATbBHtzax1nlphTUmFUkEu_p8c9QnB3TzJsVA9zzpNpzUWDmNr6r21_tStFXRWRLbma48UV3kVCuK/s320/hilaki-761874.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDpKxZtcmnyeCaOv6yqWtas7E0-kWBmbzylqRsHaB592jVmnTjLP4b67dnx4er2qBATbBHtzax1nlphTUmFUkEu_p8c9QnB3TzJsVA9zzpNpzUWDmNr6r21_tStFXRWRLbma48UV3kVCuK/s72-c/hilaki-761874.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/07/blog-post_87.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/07/blog-post_87.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content