वीरगंज, १ साउन ।
वीरगंज मनपा–१५ नेशनल मेडिकल कलेज छेउमा निर्माणधीन भवनको माथिल्लो तलामा जुवा खेलिरहेको सूचनाको आधारमा सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
जुवा खालबाट एक लाख अन्ठाउन हजार र १० बुक ताससहित श्यामबाबु सोनार (पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ६), अली असगर अन्सारी (वी.म.न.पा.वडा नं.३), धिरेन्द्र प्रसाद जैसवाल (महागढीमाई न.पा.वडा नं.१०) रमेश चौधरी (गौर न.पा.वडा नं.१), सुनिल सर्राफ (वी.म.न.पा.वडा नं.१५), भगवान प्र.महत्तो (वी.म.न.पा.वडा नं.१६), रामबाबु प्र.सोनार (भारत विहार जि.मोतिहारी रक्सौल ४) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्