Menu

आजको मौसम

वीरगंजमा भारतको ७५ औं स्वतन्त्रता दिवस

Author
Trilok Khabar |
August 15, 2021
Featured


वीरगंज, ३१ साउन/
भारतको महावाणिज्य दूतावास, वीरगंजले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । 
आजादी का अमृत महोत्सव नाराका साथ भारतका महावाणिज्यदूत नितेश कुमारले भारतको राष्ट्रिय झण्डा फहराएका थिए । कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाएपछि राष्ट्रका नाममा राष्ट्रपतिज्यूको सम्बोधन पढेका थिए । 
कार्यक्रममा मुख्यमन्त्री श्री लालबाबु राउत, मुख्य अधिवक्ता–प्रदेश नं २, वीरगंज महानगरपालिकाका नगरप्रमुख, भारत नेपाल सहयोग मञ्चका अध्यक्ष, वरिष्ठ पत्रकार, प्रधानाध्यापक र अन्य सहित प्रदेश २ का प्रतिष्ठित व्यक्तित्वहरूको पूर्व–रेकर्ड गरिएको छोटो भिडियो सन्देशहरूको स्क्रीनिंग गरिएको थियो। कार्यक्रममा वीरगंजमा स्कूलका विद्यार्थीहरू द्वारा एक पूर्व–रेकर्ड गरिएको छोटो सांस्कृतिक कार्यक्रम पनि स्क्रीनिंग गरिएको थियो।
कार्यक्रममा वाणिज्य दूतावासका अधिकारीहरू व कर्मचारीहरू र उनका परिवारका सदस्यहरू व्यक्तिगत रूपमा उपस्थित थिए।  कोभिड –१९ महामारीलाई ध्यानमा राख्दै समुदायका सदस्यहरूलाई दूतावासको फेसबुक पेज मार्पmत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3