Menu

आजको मौसम

ट्रकबाट २१ किलो गाँजा बरामद

Author
Trilok Khabar |
August 02, 2021
Featured

१८ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको थियो ।

मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा गएको टोलीले गाँजा बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

'गाँजा ल्याउँदैछ भन्ने सूचना आएको थियो, टोली पुग्दा चालक, सहचालक भागिसकेका रहेछन्,' उनले भने, 'चेकजाँचका क्रममा ट्रकको क्याबिनमा चारवटा प्लाष्टिकको प्याकेटमा गाँजा राखिएको रहेछ ।'

गाँजासहितको ट्रक आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3