स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रदेश २ मा आपराधिक घटना बढे

SHARE:


१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार २०१ घटना दर्ता भएका छन् ।

प्रदेशमा ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी विभिन्न मुद्दा, आत्महत्या संगठित तथा आर्थिक अपराध महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा वृद्धि भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईं बताउँछन् ।

'अशिक्षा, अभाव, गरीबी, पछौटेपनकै कारण आपराधिक घटनामा वृद्धि भएको देखिन्छ, कोभिड महामारीले गर्दा धेरैलाई लामो समय घर बस्न बाध्य बनायो, खाली दिमाग सैतानको बास भनेजस्तै घरभित्रै हुने आपराधिक घटना बढका छन्,' उनले भने, 'अर्कोतर्फ प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने धारणा बढेकाले घटना दर्ता बढेको हुन सक्छ ।'

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका ८ वटै जिल्लामा निषेधाज्ञा लगाइएका कारण प्रहरीले भौतिक उपस्थितिमा गर्ने गरेका अपराध विरुद्धका सचेनामूलक कार्यक्रम गर्न नसकेको उनले बताए ।

प्रदेश २ मा गत आर्थिक वर्षमा कर्तव्य ज्यानका ९३, खुन डाँका २, ज्यान मार्ने उद्योग ३१०, गर्भपतनका ९, भवितव्य ज्यान ४६७, ज्यान सम्बन्धी १२८, फुटकर ज्यान ९०, आत्महत्याका ९५८,  संगठित तथा आर्थिक अपराधका १ हजार ५४३ वटा घटना दर्ता भएका थिए ।

यस्तै सामाजिक अपराध १ हजार ८३२, महिला तथा बालबालिका सम्बन्धी अपराध ६१७, सवारी दुर्घटनाका ५३३ र अन्य विविध ६१८ वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  आर्थिक वर्ष २०७७/७८ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न भई फरार रहेका ६८१ जना अभियुक्त र १ हजार ७२३ जना प्रतिवादी पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उक्त अवधिमा २३ किलो ३८८ ग्राम ५१२ मिलिग्राम सुन र ११६ किलो २४७ ग्राम १४४ मिलिग्राम चाँदी बरामद भएको छ । ती वस्तुको ओसारपसारमा संलग्न ९ जना पक्राउ परेका छन् । यसैगरी हुण्डी कारोबारमा संलग्न ४३ जना र ३ करोड ८३ लाख ६७ हजार रुपैयाँ बरामद भएको छ ।

गत आर्थिक वर्षमा लागू औषध ओसारपसारमा संलग्न ९९९ जना पक्राउ परेका छन् । यस्तै ५३ वटा अवैध हातहतियार बरामद हुँदा ६८ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

आठवटै जिल्लामा खुल्ला सीमा र दर्जनौं साना ठूला भन्सार नाका भएका कारण प्रदेश २ मा भन्सार छली अवैध रुपमा निकासी पैठारी हुने गरेका छन् । चोरी निकासी/पैठारी नियन्त्रणमा ७९ प्रतिशतले वृद्धि भएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

महिला तथा बालबालिका सम्बन्धी मुद्दा ४५ प्रतिशत फर्छ्यौट हुन बाँकी

प्रदेशका आठवटै जिल्लामा जिल्ला प्रहरी कार्यालय मातहतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा छन् । घरेलु हिंसा, लैंगिक हिंसा, महिला तथा बालबालिका वेपत्ता भएको वा अन्यायमा परेको उजुरी लिने र आवश्यक कारबाही गर्ने काम ती कार्यालयहरुले गर्दै आएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ८ जिल्लाका केन्द्रहरुमा २०७७/७८ मा ६२७ वटा उजुरी दर्ता भएकोमा ३५१ वटा अर्थात् ५५ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट भएको छ ।

घरेलु हिंसाका ३ हजार १७८ वटा उजुरी परेकोमा १ हजार ७०८ वटा मुद्दामा मिलापत्र गराइएको छ भने ९३५ वटामा काम बाँकी छ । १११ वटा मुद्दामा काम कारबाही भइरहेको, ९६ वटा मिलापत्र हुन नसकी अदालतमा पठाइएको र ३२८ वटा मुद्दामा उजुरीकर्ता सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।


 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रदेश २ मा आपराधिक घटना बढे
प्रदेश २ मा आपराधिक घटना बढे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMYcQIyMQWLd-5kYkb8_qK7-1_k158q2Qv8KD9b5Z8auJLYnmVeZ8gmFL3B9HXmrUKV57woyD7Aj6CuOhO3WT43D9h1BIKnSvioNxQmoikpfi-XA47ZdeuAigggmQ1Pt8uJy8TwiwGH9_A/s320/covid+death-796064-728350-734632.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMYcQIyMQWLd-5kYkb8_qK7-1_k158q2Qv8KD9b5Z8auJLYnmVeZ8gmFL3B9HXmrUKV57woyD7Aj6CuOhO3WT43D9h1BIKnSvioNxQmoikpfi-XA47ZdeuAigggmQ1Pt8uJy8TwiwGH9_A/s72-c/covid+death-796064-728350-734632.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/08/blog-post_3.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/08/blog-post_3.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content