स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते

SHARE:

२९ साउन, वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् ।

ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् । उनलाई सिमराको अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।

घाईते हात्ती पछि आफैं उठेर हात्तीसारतिर गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । 'पानी परेको समयमा राति कन्टेनरले हात्तीलाई ठक्कर दिएछ । हात्ती र माहुते दुवै घाइते थिए ।' उनले भने ' ३ घण्टापछि हात्ती विस्तारै आफैं उठिन र हिँड्न थालेकी थिइन् ।'

कन्टेनर चालक मकवानपुर थाहा नगरपालिका– १ बस्ने सञ्जित वाईवालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाली सेनाको सिद्धिबक्स गण आधाभारमा पठाइएको उनले जानकारी दिए ।

आधाभार जंगल क्षेत्रको राजमार्गमा रातको समयमा विभिन्न जंगली जनावार समेत ओहोरदोहोर गर्ने हुँदा दुर्घटनामा पर्ने गरेका छन् । पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ०७७ पुसमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो ।

निकुञ्जका अनुसार रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा २ ओटा हात्ती विस्तारित क्षेत्र पुगेर फर्केका थिए । त्यसक्रममा हात्तीलाई कन्टेनरले ठक्कर दिएको हो ।

निकुञ्जका प्रमुख मनोज साहले सवारी चालकको लापरबाहीले दुर्घटना भएको बताए । 'हात्तीको पछाडीको भागमा चोट लागेको छ, चितवनबाट आएका पशु चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।' उनले भने 'सडकमा त्यति ठूलो हात्तीलाई नदेख्ने चालकले कसरी गाडी चलाउँछन खै ? सवारी चालकको लापरबाहीले दुर्घटना भएको हो । '

संरक्षित जनवार हात्तीलाई ठक्कर दिने ट्रक चालकलाई राष्ट्रिय निकुञ्ज ऐन अनुसार कारबाहीका लागि बारा जिल्ला अदालतमा पेश गरिने प्रमुख संरक्षण अधिकृत साहले बताए । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते
बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते
Trilok Khabar
https://www.trilokkhabar.com/2021/08/blog-post_56.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/08/blog-post_56.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content