Menu

आजको मौसम

बडहरवा बालगंगा पुल निर्माण रोक्न अदालतको अन्तरिम आदेश

Author
Trilok Khabar |
August 06, 2021
Featured


बारा । बाराको सिमरा–कोहल्वी सडकखण्डको बडहरवा बालगंगा पुल निर्माण रोक्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश दिएपछि पुल निर्माण अलपत्र परेको छ ।

परमेश्वर महासेठ मुआब्जा माग गर्दै अदालत पुगेका थिए । उहाँ पूर्व मन्त्री तथा एमाले नेता रघुवीर महासेठका भाइ हुन् । उनले खोलाको जग्गाको मुआब्जा दाबी गर्दै अदालतमा रिट हालेपछि ६ महिनायता बडहरवा पुल अलपत्र परेको हो । 

करिब २ सय ५० मिटर लामो पुलले साढे २ बिगाहा जग्गा ओगटेको स्थानीयले बताएका छन् । यसमध्ये महासेठको जग्गा १० कट्ठा  रहेको छ । महासेठले प्रतिकट्ठा जग्गाको ७–८ लाख रुपैयाँका दरले १० कट्ठाको करिब ८० लाख रुपैयाँ मुआब्जा माग गरेको जितपुरसिमरा वडा नं.१८ का वडाध्यक्ष अर्जुन दहालले बताउँनुभयो । 

पुलको निर्माणमा करिब १२ करोड लगानी भएको छ । अब पुलको केही भाग ढलान, पुलको दुवैतर्फ माटो भर्ने र तारजालीले ड्याम कस्न मात्र बाँकी छ । पुलको निर्माणको ठेक्का अक्षय निर्माण सेवा काठमाडौँले पाएको थियो । डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख खड्गलाल श्रेष्ठले बडहरवा पुल डिजाइन अनुसार नै बनाइएको बताउँनुभयो । 

मुआब्जा माग्दै निकालिएको विवादबारे श्रेष्ठले निर्माणको अन्तिम चरणमा विवाद सिर्जना गर्नु नियोजित भए पनि कानुनी रुपमा क्षतिपूर्तिको कुनै व्यवस्था नभएको बताउँनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3