Menu

आजको मौसम

प्रतीक दैनिकको ३५औंं वार्षिकोत्सव पत्रकारले न्यायाधीशको भूमिका गर्नुभएन– नगरप्रमुख सरावगी

Author
Trilok Khabar |
August 17, 2021
Featured

वीरगंज, भदौ/

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले पत्रकारले न्यायाधीशको भूमिका निर्वाह गर्न नहुने बताएका छन्।

प्रतीक दैनिकको ३५औं वार्षिकोत्सव उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सरावगीले पत्रकारले समाचार मात्र पस्कनुपर्नेमा केही पत्रिकाहरुले आफूलाई न्यायाधीशको भूमिका निर्वाह गरेकोमा चिन्ता व्यक्त गरे। उनले प्रतीक दैनिकले ३५ वर्षदेखि निर्वाह गर्दैआएको पत्रकारिताको भूमिकाको प्रशंसा गरे। शतप्रतिशत शुद्धता भगवानमा पनि नहुने भन्दै उनले प्रतीक दैनिकले अरु पत्रिकाको तुलना प्रशंसनीय विश्वसनीय काम गर्दैआएको बताए।

नगरप्रमुख सरावगीले पत्रकारिता विकासको लागि आफू सदैव तयार रहेको नगरप्रमुख कोषबाट छात्रवृत्ति प्रदान गर्नको लागि चार वर्षदेखि प्रयासरत रहेको बताए। उनले पत्रकारिताको कुनै पनि विधामा अध्ययन गर्न चाहनेलाई आफू ले छात्रवृत्ति दिने दोहोयाए। कार्यक्रममा नगरप्रमुख सरावगीले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटो दिवाकर भण्डारीलाई प्रदान गरेका थिए। पुरस्कारको राशी रु ३५ हजार छ। १० हजार राशीबाट शुरु भएको यो पुरस्कार आगामी वर्ष रु ५१ हजार राशीको हुने प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले घोषणा गरे।

प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्दुदेवी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख शान्ति कार्की, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल फोटो पत्रकार महासङ्घ, पर्साका अध्यक्ष विजय चौहान, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भोजपुरी साहित्य प्रतिष्ठान पर्साका अध्यक्ष उमाशङ्कर द्विवेदीले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ, स्तम्भकार शीतल महतो मेशिन अपरेटर महेश रामलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा प्रधान सम्पादक जगदीशप्रसाद शर्माले स्वागत सम्पादक प्रताप श्रेष्ठले सहजीकरण गरेका थिए।  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3