Menu

आजको मौसम

दुवै देशका चेम्बरका पदाधिकारीहरु बीच छलफल

Author
Trilok Khabar |
August 18, 2021
Featured

वीरगञ्ज, १ भाद्र /

विभिन्न रेल अधिकारी र सांसदहरुलाई रक्सौल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुद्वारा रेल्वेको विभिन्न समस्याहरुका बारेमा छलफल गरिएको छ ।

रक्सौल च्याम्बरका अध्यक्ष अरुण गुप्ता र महासचिव आलोककुमार श्रीवास्तवले सांसद र एडीआरएमलाई ज्ञापन पत्र बुझाउँदै रक्सौलबाट दरभंगासम्म चल्ने सत्याग्रह एक्सप्रेसलाई रेल्वेको योजनामा रोक लगाउन माग गरेका छन् । चेम्बरका पदाधिकारीहरूले सत्याग्रह रक्सौलको जीवनरेखा हो, यसलाई दरभंगामा लैजानु यहाँका जनताहरु माथि अन्याय भएको बताएका छ्न । अर्कोतर्फ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले रक्सौलबाट सुपरफास्ट ट्रेन चलाउन र रक्सौल विमानस्थल शुरु गर्न माग गरेको छ । टोलीमा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी), उपाध्यक्ष हरि गौतम, माधव राजपाल रहनु भएको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3