वीरगंज, १२ असोज ।
वीरगञ्जको बसपार्कमा प्रदर्शन गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
यात्रीवाहक सवारीलाई वीरगञ्जको बसपार्कदेखि प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धारण गरेको छ । उक्त समय अपुग भएको भन्दै यातायात व्यवसायीहरूले आज बिहानै सडकमा बसहरू खडा गरेर विरोध जनाएका छन् । टाईम कार्डको समय अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेर उनीहरूले सडकमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । यातायात व्यवासायीकै सहमतिमा टाईमकार्ड लागू गरिएको भएपनि अहिले आएर केही यातायात व्यवसायीहरूले समय अपुग भएको भन्दै विरोध गर्दै प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालयमा उनिहरूलाई राखिएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्