Menu

आजको मौसम

विश्व मुटु रोग दिवसमा वीरगन्जमा र्‍याली

Author
Trilok Khabar |
September 29, 2021
Featured

बीरगंज । युज हर्ट टु कनेक्ट' भन्ने नाराका साथ वीरगन्जमा पनि आज विश्व मुटु रोग दिवस मनाइएको छ । 

सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्त्व दिइएको छ । 

विश्व मुटु दिवसको अवसरमा वीरगन्जमा हिँडडुल गर्नुहोस् मुटु स्वस्थ राख्नुहोस् भन्ने नाराका साथ र्‍याली निकालिएको छ । 

वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवर्धन शाखा र नारायणी बयोधा अस्पतालको संयुक्त आयोजनामा र्‍यालीको आयोजना गरिएको हो । मुटु स्वस्थ राख्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा विभिन्न सचेतनामूलक सन्देशसहित घण्टाघरबाट निस्किएको र्‍याली नारायणी अस्पतालमा पुगेर कोण सभामा परिणत भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुटुरोग विशेषज्ञ डाक्टर राधा भट्टराईले मुटु स्वस्थ राख्न नुन कम खाने, तारेको पोलेको नखाने, तेल कम खाने, मोटोपनलाई घटाउनु पर्ने कुरामा जोड दिनुभयो । 

बीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वस्थ हावापानी, धुलो धुवाँरहित वातावरण कायम राख्न सके मुटु रोगीको सङ्ख्यामा कमी आउने बताउनुभयो । उहाँले 'बिहान बेलुका जुन बेला हुन्छ, आधा एक घण्टा शारीरिक व्यायाम, वा हिँडडुल गरेमा मुटु रोग नलाग्ने दाबी समेत गर्नु भयो । 

वीरगञ्ज महानगरपालिकाले विपन्न वर्गलाई मुटु रोगको उपचारका लागि सिफारिस गर्ने गरेको छ ।  

आर्थिक बर्ष ०७७/०७८ मा ७३ जनालाई मुटु रोगको उपचारका लागि सिफारिस गरिएको महानगरपालिकाको जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिनुभयो । विपन्न नागरिकलाई मुटु रोगको  उपचारको लागि सरकारले १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3