स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

नेपाल प्रहरीको सुदृढीकरणमा प्रदेश सरकारको सहयोग निरन्तर रहने : मुख्यमन्त्री राउत

SHARE:


जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षा, सुशासन तथा जनताको जीउधनको सुरक्षामा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ । 

नेपाल प्रहरीको ६६ औँ स्थापना दिवसको अवसरमा प्रदेश नंं २ को प्रहरी कार्यालयले आज जनकपुरधाममा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री राउतले  नेपाल प्रहरीले तीनै तहका सरकारलाई समायोजन गरेर अगाडी बढ्नमा विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नेपाल प्रहरीको आधुनिकीकरण तथा विकासका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको र अगामी दिनमा थप सहयोग जारी रहने बताउनुभयो । 

मुख्यमन्त्री राउतले आपत् विपत्मा परेकाहरूलाई उद्धार गरेर राहत दिने काममा नेपाल प्रहरीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

उहाँले नेपाल प्रहरीलाई आधुनिक प्रहरी बनाउनका लागि यन्त्रहरू प्रदान गरेको र अगामी दिनमा थप यान्त्रिकीकरण गर्ने बताउनुभयो । 


प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नमा नेपाल प्रहरीको योगदान निक्कै महत्त्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले नेपाल प्रहरीको क्षमता तथा भौतिक विकासका लागि मन्त्रालयले निरन्तर सहयोग गर्ने बताउनुभयो । 

प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले नेपालको शान्ति सुरक्षा, जनताको जीउधनको रक्षा तथा अवैध कारोबारको नियन्त्रणमा नेपाल प्रहरीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै सिमानाबाट हुने लागूपदार्थको ओसार पसारमा थप कडाइ गर्न आवश्यक भएको बताउनुभयो । 

नेपाल प्रहरीका प्रदेश नंं २ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मुलुकको शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको योगदान अतुलनीय भएको बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री राउतले कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गर्नुभएका अमर सहिद प्रहरीका आश्रित परिवारहरूलाई दोसल्ला ओढाएर नगद तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।


यसैगरी,  कार्यक्रममा प्रहरीको कामकाजमा योगदान दिनुभएका पूर्व प्रहरी सहायक निरीक्षक सुभद्रा आले, ओरेक नेपाल, स्वर्गद्वार स्मशान घाटका अध्यक्ष एवं संस्थापक पवन कुमार सिंघानीयालाई दोसल्ला ओढाएर सम्मान गरिइएको थियो । 



https://ift.tt/3FlYy3L

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: नेपाल प्रहरीको सुदृढीकरणमा प्रदेश सरकारको सहयोग निरन्तर रहने : मुख्यमन्त्री राउत
नेपाल प्रहरीको सुदृढीकरणमा प्रदेश सरकारको सहयोग निरन्तर रहने : मुख्यमन्त्री राउत
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/1633492827564-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_13.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_13.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content